नेपालगञ्जको कोरोना परीक्षण गर्ने प्रयोगशालामा अत्यावश्यक सामग्रीकै अभाव « Khabarhub

नेपालगञ्जको कोरोना परीक्षण गर्ने प्रयोगशालामा अत्यावश्यक सामग्रीकै अभाव


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन  (आरटीपिसिआर)मा शङ्कास्पद बिरामीको स्वाब नमूना सङ्कलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

आइसोलेशन अस्पतालमा रहेका कोरोना शङ्कास्पद बिरामीको स्वाव नमूनाका रुपमा खकार र र्‍याल सङ्कलनका लागि भिटिएमको प्रयोग हुन्छ । अस्पतालमा रहेका बिरामीको भिटिएममा नमूना सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याएर आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण गर्ने गरिएको छ ।

डा थापाले भिटिएमको अभाव भएकाले गर्नैपर्ने व्यक्तिको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको बताए । भीटीएम अभाव हुनासाथ प्रदेश र केन्द्रमा माग गरिए पनि आइनपुगेका कारण कोरोना परीक्षणमा समस्या हुने गरेको उनको भनाइ छ ।

यही वैशाख ७ गतेदेखि भेरी अस्पतालको प्रयोगशालामा आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो । भेरी अस्पतालमा बाँके, बर्दिया र दाङबाट कोरोना परीक्षणका लागि स्वाब नमूना आउने गरेको छ । ‘कोरोना भाइरस परीक्षण बिरामी सीधै प्रयोगशालामा आएर गर्ने होइन, अस्पतालमा भर्ना भएपश्चात् जाँच गराउनुपर्ने आवश्यकताका आधारमा अस्पतालले स्वाब नमूना सङ्कलन गरेर पठाउनुपर्छ,’ डा. थापाले भने, ‘कोरोना परीक्षण गराउनुपर्ने अवस्थाका बिरामी नहुनु राम्रो हो तर अस्पतालसम्म नपुगेका वा अस्पतालबाट पनि नमूना सङ्कलन हुन नसकेमा चिन्ता मान्नुपर्छ ।’

बाँके र बर्दियाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालको प्रयोगशालामा सञ्चालनमा आएको आरटीपिसिआर यन्त्रबाट एक दिनमा कम्तीमा ७० देखि एक सय जनाको नमूना परीक्षण गर्न सकिने डा थापाको भनाइ छ । भेरी अस्पतालमा कोरोना परीक्षण यन्त्र सञ्चालनमा नआउँदा जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालमा भर्ना भएका आशङ्कित बिरामीको स्वाब नमूना सङ्कलन गरेर काठमाडौँ र भैरहवास्थित प्रयोगशालामा पठाउने गरेको थियो ।

भेरी अस्पतालमा यन्त्र सञ्चालन भएपछि नमूना सङ्कलन गर्ने कार्य स्वास्थ्य कार्यालयबाट बन्द भएको कार्यालय प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । माग भएअनुसारको परिमाणभन्दा न्यून मात्रामा प्रदेशबाट पठाइने गरिएकाले भिटिएमलगायत स्वास्थ्य सामग्रीको अभाव हुने गरेको शाहले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : १६ बजे

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी