स्वास्थ्यकर्मी भन्दै लकडाउनका बेला लागू औषध तस्करी « Khabarhub

स्वास्थ्यकर्मी भन्दै लकडाउनका बेला लागू औषध तस्करी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरावल– नवलपरासी पश्चिमको सरावल गाउँपालिका-७ भुजहवाबाट विभिन्न नियन्त्रित लागूऔषध लगायतका सामानहरु सहित सोमबार बिहान प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

लकडाउनका बेला चलाइएको भारतीय नम्बर प्लेट युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा राखेको नियन्त्रित लागूऔषध सहित प्रहरी चौकी भुजहवाको टोलीले १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको पाल्हीन्दन गाउँपालिका-३ कुश्मा बस्ने ३४ वर्षीय शेष कुमार उपाध्याय छन् । प्रहरीले उनको साथबाट नियन्त्रित लागू औषध वानरेक्स सिरफ १०० एमएलको ६० वोतल, १०० एमएलकै अनरेक्स १७ बोतल, स्पामप्रेक्स २ सय ८५ क्याप्सुल, विनस्पास्मो २ सय ८१ क्यप्सुल, फेनरागन ६४ एम्पुल, डाइजेपाम ६९ एम्पुल, नुफ्रिन ६७ एम्पुल, ब्राउनसुगर जस्तो खैरो धुलो करिब ५ ग्राम १० मिलिग्राम, नाइट्रोभेट २ सय ३८ ट्याब्लेट, चुरोट ७ बट्टा, सूर्ति ५ प्याकेट र मोबाइल २ थान फेला बरामद गरेको छ ।

प्रहरीले सोधपुछ गर्दा उनले आफू स्वास्थ्यकर्मी भएको र लकडाउनका कारण मेडिकलहरु बन्द भएकाले घरमै औषधि पुर्‍याउन हिँडेको बताएका थिए । भारतीय नम्बरप्लेटको स्कूटर देखेर श‌ंका लागेपछि चेक गर्ने क्रममा प्रहरीले उनको साथबाट नियन्त्रित लागू औषध फेला पारेको थियो ।

प्रहरीले उनी यसअघि पनि लागू औषध तस्करीमा संलग्न रहेको हुन सक्ने आशंका गरेको छ । पक्राउ परेका उपाध्यायमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ११ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना