कांग्रेससहितका विपक्षी दलको माग– सांसदको ‘अपहरण’ गर्नेमाथि कानूनी कारबाही होस् | Khabarhub Khabarhub

कांग्रेससहितका विपक्षी दलको माग– सांसदको ‘अपहरण’ गर्नेमाथि कानूनी कारबाही होस्


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलहरु जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याउने घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ती दलका शीर्ष नेताको बैठकले सो विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ ।

बैठकमा काँग्रेसबाट सभापति देउवा एवं नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जसपाबाट महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, भण्डारी, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबाट अध्यक्ष डा लोहनी उपस्थित थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : २८ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने