बढी मूल्यमा सामान बेच्ने काठमाडौं उपत्यकाका चार पसललाई कारवाही | Khabarhub Khabarhub

बढी मूल्यमा सामान बेच्ने काठमाडौं उपत्यकाका चार पसललाई कारवाही


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बढी मूल्यमा सामान बिक्री गर्ने चार पसललाई सरकारले कारवाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको छ ।

खरीद मूल्य प्रतिगोटा १२० रुपैयाँ रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको उनले जानकारी दिए ।

आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि कारवाही गरिएको हो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई पचास हजार जरिवाना गरिएको छ ।

ती चार पसललाई आज कारवाही गर्दा छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ४० बजे

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०