रमजानले साउदीको कर्फ्यू खुकुलो, नेपाली श्रमिकको गुनासो व्यवस्थापनमा दूतावासको अग्रसरता « Khabarhub

रमजानले साउदीको कर्फ्यू खुकुलो, नेपाली श्रमिकको गुनासो व्यवस्थापनमा दूतावासको अग्रसरता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रमजान सुरु भएपछि साउदी सरकारले कर्फ्यू खुकुलो पारेको छ ।

अप्रिल २६ देखि मे १३ सम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ ।

साउदी सरकारले मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यूको समयमा हेरफेर गरेको हो ।

यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू लागू भएको थियो ।

कर्फ्यूको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

साउदी अरबस्थित नेपाली नेपाली दूतावासले समस्या परे तत्काल सम्पर्क गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।

दूतावासले नेपालीका गुनासा सुन्न छुट्टै टेलिफोन सेवा समेत सञ्चालनमा ल्याएको छ । दूतावासका अनुसार ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्याहरु टिपाउन सकिनेछ ।

फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको गुनासो बढेपछि दुईवटा टेलिफोन नम्बरमा आउने  श्रमिकको गुनासो सुनेर व्यवस्थापन प्रकिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने