इटलीमा उत्पादन, निर्माण र थोक विक्रेताहरू अब काममा फर्किन सक्ने « Khabarhub

इटलीमा उत्पादन, निर्माण र थोक विक्रेताहरू अब काममा फर्किन सक्ने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम- इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने बताएका छन्।

राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उनले भने, “शुरूमा अर्थात् मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ । अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रङ्गशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेण्ट, सैलुन र श्रृङ्गार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ ।”

प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताएका छन् । घरबाट करिब २०० मिटरन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारिरीक अभ्यासका लागि हिड्न खुला गरिने प्रधानमन्त्री कोन्टीले बताए ।

राष्ट्रिय बन्दाबन्दीको घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अवलम्वन गरिने उनले बताए। उनले सङ्क्रमण बढी रहेको क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाई परेपनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।

मृतकका आफन्तले कम्तीमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यवसायिक फर्महरूले कोरोनाभाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताएका छन्।

अझैपनि कोभिड–१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईँमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उनले आग्रह गरेका छन् ।

इटलीमा विगत २४ घण्टामा २६० जनाको मृत्यु भएको छ भने यो मार्चपछिको सबैभन्दा निम्न सङ्ख्या भएको यहाँको नागरिक सुरक्षा विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । इटलीमा सोमबारसम्ममा २६ हजार ६४४ जनाको कोभिड–१९ को सङ्क्रमणका कारण भएको छ भने एक लाख ९७ हजार ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

इटलीमा पछिल्ला केही साता यता निको भएर घर फर्किनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबारसम्म इटलीमा ६४ हजार ९२८ जना निको भै घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : २८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने