श्रीलंकामा ९५ नौसैनिकमा कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

श्रीलंकामा ९५ नौसैनिकमा कोरोना संक्रमण भएको पुष्टि


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागू औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रीलंकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको पनि मन्त्रालयले बताएको छ ।

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार सङ्क्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन् । सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ । सङ्क्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ ।

रक्षा सचिव कमल गुणरत्नले आईतबार श्रीलंकाका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशन दिएका छन् । श्रीलंकामा गत शुक्रबारदेखि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि लगाइएको कर्फ्यू आदेश मङ्गलबारसम्म लागू हुनेछ । कर्फ्यूका विषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लिइने सरकारले जनाएको छ ।

त्यहाँको सूचना विभागले कोभिड–१९ को सङ्क्रमण कम रहेका विभिन्न २१ जिल्लामा कर्फ्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ । तर कर्फ्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ ।श्रीलंकाको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमित व्यक्ति भेटिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ३० बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु