सर्लाहीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ « Khabarhub

सर्लाहीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ


१४ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका डीएसपी मदन कुँवरले जानकारी दिए ।

आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले जानकारी दिए । बाबुलाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए ।

जग्गा जमिनको विषयलाई लिएर उनीहरूको घरमा लामो समयदेखि झैझगडा हुदै आएको रायको भनाइ छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ५१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस