सेनाले किनेको स्वास्थ्य सामग्री लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज « Khabarhub

सेनाले किनेको स्वास्थ्य सामग्री लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन जहाज चीनतर्फ जान लागेको हो ।

प्रवक्ता पाण्डेका अनुसार, जहाजले ग्वाङ्जाबाटा भोलि २८.६६ टन स्वास्थ्य सामग्री ल्याउने छ। जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ।

प्रवक्ता पाण्डे भन्छन् – ‘सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने छ।

अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ भने तातोपानी नाकाबाट ५ वटा ट्रक हिडिसकेको छ । खासामा पनि आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १ : १२ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट