नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए « Khabarhub

नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए


१४ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार एकै दिन थप ११४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ११४ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८८६ पुगेको छ ।

यो नेपालमा हालसम्मकै एकदिनमा संक्रमण देखिएको उच्च संख्या हो । नेपालमा कूल संक्रमितमध्य ६९६ पुरुष र ९० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज देशैभरका क्वारेन्टाइनमा ७० हजार ३०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना र कोशी अस्पतालबाट ३ र सुशिल कोइराला प्रखर अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने संख्या १८३ जना पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ४५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र