कोभिड-१९ रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक : नेपाली सेना (भिडियो सहित) « Khabarhub

कोभिड-१९ रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक : नेपाली सेना (भिडियो सहित)


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ ।

कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ नियन्त्रणका लागि सरोकारवालाबीच राष्ट्रिय एक्यबद्धता आवश्यक रहेको जानकारी दिइएको हो ।

कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म नियन्त्रण बाहिर नरहेको बताउँदै सेनानी नवीन फुयालले सम्भावित सङ्क्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको बताए ।

उनले भने, “परीक्षणको दायरालाई ठीक ढङ्गबाट अघि बढाइएको छ, अहिलेसम्म सङ्क्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ ।”

सरकारले यसअघि नै परीक्षणको दायरा बढाएर कूल जनसङ्ख्याको दुई प्रतिशत पु¥याउने घोषणा गरिसकेको छ ।

यसैबीच, सेनाले काठमाडौँ, तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी दिएको छ ।

उक्त आयोजनाका प्रमुख सहायकरथी शरदलाल श्रेष्ठ भने, “कोभिड १९ का कारण आयोजनालाई सहजरुपमा अघि बढाउन केही चुनौती भए पनि अहिलेसम्मको लकडाउनले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न खासै असर पुर्‍याएको छैन ।”

लकडाउन लम्बियो र अन्तर्राष्ट्रिय परामर्शदाता आउन कठिनाइ भएको खण्डमा भने समयमा आयोजना पूरा गर्न चुनौती हुनसक्ने बताउँदै उनले भने, “यदि त्यो स्थिति आयो भने अरु विकल्प र कार्ययोजना बनाएर काम गरिने छ ।”

मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको द्रुतमार्ग सबैभन्दा प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो । ललितपुरको खोकनादेखि निजगढसम्म करिब ७२ किलोमिटर लामो दूरीको उक्त सडक नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याए । उनले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने उनले जानकारी दिए ।

बाँकी भिडियोबाट हेरौं

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ८ : ३८ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका