कोरोना संक्रमित बढेपछि बाँकेमा फेरि निषेधाज्ञा जारी « Khabarhub

कोरोना संक्रमित बढेपछि बाँकेमा फेरि निषेधाज्ञा जारी


१४ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाँकेले आज (बुधबार) राति १० बजेदेखि अनिश्चितकालसम्म निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प हुने जनाइएको छ ।

मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ बाँके पुगेसँगै निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो ।

बुधबार राति १० बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांङ्गले जानकारी दिए ।

‘बुधबार १० बजेदेखि अर्को आदेश नआउँदासम्म राजपत्रमा उल्लेख गरिएका आवश्यक सेवाहरु भोजनालय, औषधि पसल, फलफूल, तरकारी, खाद्यन्न पसल, अस्पताल, स्वास्थयकेन्द्र, ढुवानी, छापाखाना, बैंक, सुरक्षा, पेट्रोलिय पदार्थ, खानेपानी, फोहोरमैला संकलन, विद्युत, कृषि, पशुजन्य काम तथा वर्कशपजस्ता अत्यावश्यक सेवाहरु बाहेकका अन्य सेवा/स्थलहरु अर्को आदेश नभइन्जेलका लागि बन्द हुनेछन्,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । जिल्लामा अहिलेसम्म १७० जनाका कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : १३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का