अनसन बसेका अभियन्ता ‘इ’ पक्राउ, प्रहरी कार्यालयमै थाले अनसन « Khabarhub

अनसन बसेका अभियन्ता ‘इ’ पक्राउ, प्रहरी कार्यालयमै थाले अनसन


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारसँग विभिन्न माग राखेर अनसन बसेका अभियन्ता तथा ‘इनफ इज इनफ’ का एक अधिकारी ई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनी ललितपुरको कृष्ण मन्दिर परिसरमा अनसन बसेका थिए ।

उनलाई शुक्रवार महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीसँगै अन्य ५ जनालाई समेत प्रक्राउ गरेको जनाइएको छ ।

ई लगायत अन्य अधिकारीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न, देशभरका क्वारेन्टिन व्यवस्थापन गर्ने लगायतका माग राख्दै आमरण अनसन थालेका थिए ।

ईले पीसीआरको दायरा बढाउनुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने लगायतका माग समेत राखेका थिए ।

उनले सरकारले आफ्ना मागहरु १४ दिनभित्र पूरा गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : २४ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले