अनसन बसेका अभियन्ता ‘इ’ पक्राउ, प्रहरी कार्यालयमै थाले अनसन « Khabarhub

अनसन बसेका अभियन्ता ‘इ’ पक्राउ, प्रहरी कार्यालयमै थाले अनसन


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारसँग विभिन्न माग राखेर अनसन बसेका अभियन्ता तथा ‘इनफ इज इनफ’ का एक अधिकारी ई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनी ललितपुरको कृष्ण मन्दिर परिसरमा अनसन बसेका थिए ।

उनलाई शुक्रवार महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीसँगै अन्य ५ जनालाई समेत प्रक्राउ गरेको जनाइएको छ ।

ई लगायत अन्य अधिकारीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न, देशभरका क्वारेन्टिन व्यवस्थापन गर्ने लगायतका माग राख्दै आमरण अनसन थालेका थिए ।

ईले पीसीआरको दायरा बढाउनुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने लगायतका माग समेत राखेका थिए ।

उनले सरकारले आफ्ना मागहरु १४ दिनभित्र पूरा गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : २४ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा