विपद् जोखिम न्यूनीकरण गर्न घरघरमा सुरक्षा सचेतना « Khabarhub

विपद् जोखिम न्यूनीकरण गर्न घरघरमा सुरक्षा सचेतना


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – विपद् जोखिम न्यूनीकरण गर्न खोटाङमा सुरक्षा सचेतना अभियान शुरु गरिएको छ । वर्षायाम शुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीउधनको रक्षा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान शुरु गरिएको हो ।

भूकम्प, बाढी/पहिरो, चट्याङ, डुबान, आगलागीलगायत वर्षायाममा हुनसक्ने प्राकृतिक विपत्तिबाट जिल्लावासीको जीवन रक्षा गर्ने उद्देश्यले सुरक्षा सचेतना अभियान थालिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

“सुरक्षा सचेतना अभियानका क्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतनासम्बन्धी सचेतनामूलक पुस्तिका वितरण गरिनेछ”, उनले भने, “भूकम्प, आगलागी, बाढी÷पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीवन रक्षा गर्न हरेक नागरिकका घरमा पुगेर सन्देशमूलक पुस्तिकासहितको सचेतना अभियान थालिएको हो ।”

जिल्लाका नागरिक काम विशेषले तराई वा लेकाली क्षेत्रमा समेत पुग्ने भएकाले शीतलहर र लेक लाग्नबाट बच्ने उपायका बारेमा समेत जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बन्दाबन्दीको समयमा समुदाय केन्द्रित कार्यक्रम गर्ने अवस्था नहुँदा घरघरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहको सहयोगमा २२ हजार ५०० घरपरिवारलाई पुग्ने सचेतनामूलक पुस्तिका प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए । “अन्य स्थानीय तहको सहयोगमा थप पुस्तिका प्रकाशन गरिनेछ”, उनले भने, “प्राकृतिक विपत्ति आइपर्ने समय शुरु भएकाले सुरक्षा सचेतना अभियान शुरु गरिएको हो ।”

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले प्रनाउ चिमोरियालाई सचेतनामूलक पुस्तिका हस्तान्तरण गरे । संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका वक्ताले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना पुस्तिका अध्ययन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ११ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको