नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् ।

नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : २१ बजे

पार्टीको बैठकअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटारमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी

स्वस्थानी व्रत समापन आज

काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल

कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने

बागमती प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।