स्वास्थ्य मन्त्रालयले भन्यो : ‘कोरोना रिमुभिङ कार्ड’ले भाइरस मर्दैन, भ्रममा नपर्नू « Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘कोरोना रिमुभिङ कार्ड’ले भाइरस मर्दैन, भ्रममा नपर्नू


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट नजोगाउन स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै किसिमको भाइरस रिमुभिङ कार्ड नबनेको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस किसिमको कार्डले कोरोना सर्नबाट रोक्न नसक्ने बताएका हुन् ।

“हालै मात्र भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा झुन्ड्याएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले भने, “यस किसिमको कुनै पनि कार्ड हालसम्म पत्ता लागेको छैन, यस किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरा सबैमा अनुरोध छ। यस्तो विधि भएको भए आज संसारभर यति धेरै कठिनाइ हुदैन थियो होला ।”

डा गौतमले कोरोना भगाउने यो विधिले वैधानिकता नपाएको पनि बताए । यदी सो उपायबाट कोरोना सर्नबाट बच्न सकिने भए सरकार आफैले उक्त विधिको शुरुवात गर्ने डा गौतमले बताए ।

उनले कोरोना महामारीको समयमा समस्या समाधानका लागि भन्दै भ्रम सिर्जना गर्न नहुने बताए । उनले कोरोना भाइरस रिमुभिङ कार्ड आयत गर्ने, बजारीकरण गर्ने र प्रचारबाजी गरिएको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सो कार्डहरुलाई सरकारले स्वीकृती नदिएको बताए ।

डा गौतमले उक्त कार्डमा भएका रसायनले मुटु, फोक्सो, कलेजो लगायतका अंगहरुमा असर पुर्‍याउने र स्वास्थ्यमा गम्भिर असर पर्ने डा गौतमले बताए । स्वासथ्य मन्त्रालयले सो कार्ड प्रयोग नगर्न र नगराउँन आग्रह समेत गरेको छ ।

प्रवक्ता गौतमले विभिन्न भ्रम छर्दै आएको सुनिएको उल्लेख गर्दै सबै यसप्रति सचेत हुनसमेत आग्रह गरे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए । तर स्वास्थ्य मन्त्रालयले यो भाइरसले कोरोना संक्रमणबाट नजोगाउने प्रष्ट पारेको छ ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : ५८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ