रुपन्देहीमा पनि देखियो सलह | Khabarhub Khabarhub

रुपन्देहीमा पनि देखियो सलह


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि सहल देखिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।

आजै प्रदेश २ का विभिन्न जिल्लामा देखिएको सहल किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको हो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए ।

स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।

‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।

यसैबीच सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पालिकामा देखिएको छ ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलह किरा देखिएको हो । गुजरा नगरपालिका वडा ३ मा सलह किराको ठूलो झुन्ड देखिएको स्थानीय समाजसेवी शिव पराजुलीले जानकारी दिए ।

कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह किरा आएको बताएका छन् । ‘सलह कीरा शनिबार बिहान रौतहटमा पनि आएको छ । तर हालसम्म कुन स्थानीय तहमा आएको भन्ने यकिन भइसकेको छैन’ प्रमुख झाले बताए । यो किरा बारा, पर्सा र सर्लाहीको केही ठाउँमा पनि देखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : २९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको