विभिन्न देशबाट आज १३ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ? « Khabarhub

विभिन्न देशबाट आज १३ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका १३ सय १० नेपालीलाई शनिबार उद्धार गरिएको छ ।

कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना नेपाल फर्किएका छन् ।

यसैगरी साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ ।

आइतबार पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ ।

भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ०० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको