रौतहटमा असईसहित तीन निलम्बित « Khabarhub

रौतहटमा असईसहित तीन निलम्बित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरधामले रौतहटका तीन प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।

रौतहटमा कार्यरत दुई असई र एक जवान गरी तीनजना निलम्बित भएका हुन् । निलम्बनमा पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत प्र.स.नि. ललित शाह र सोही कार्यालयमा कार्यरत प्र.ज. दिनेश हजरा रहेका छन् ।

यसैगरी इलाका प्रहरी कार्यालय देवाही गोनाही दरबन्दी भई प्रहरी चौकी ब्रह्मपुरीमा कार्यरत प्र.स.नि. संजीवकुमार झा पनि निलम्बनमा परेका छन् ।

असई शाह र जवान हजराले वित्तीय अपराध (हुन्डी) मा सहयोग पुर्‍याएको आरोप छ । गत हप्ता ईशनाथको औरैयामा एक जना हुन्डी कारोबारीबाट बरामद भएको रकमभन्दा कम देखाएर बाँकी रकम लुकाएको आरोप उनीहरुमाथि लागेको छ ।

प्रहरी चौकी ब्रह्मपुरीका इन्चार्ज असई झा मध्यरातमा एकजना महिलासित आपत्तिजनक अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

प्रदेश -२ प्रहरी कार्यालय जनकपुरधामले प्रेस विज्ञप्तिमार्फत तीन जनालाई निलम्बन गरिएको जानकारी गराएको हो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ४५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको