बाँकेमा एकैदिन २३ जनाले जिते कोरोना संक्रमण  « Khabarhub

बाँकेमा एकैदिन २३ जनाले जिते कोरोना संक्रमण 


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा शनिबार २३ जना कोरोना संक्रमणमुक्तभइ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुमा १८ जना बाँकेका र ५ जना बर्दियाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जको आदर्शनगर आइसोलेशन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेशन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला प्रखर क्यान्सर कोरोना आइसोलेशन अस्पतालबाट नेपालगञ्जको १, राप्ती सोनरीका २, बर्दियाका ५ गरी ८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

उनले बाँकेका विभिन्न आइसोलेशनमा शनिबारसम्म ४६ जना कोरोना संक्रमित रहेको जानकारी दिए । बाँकेमा हालसम्म ३ सय ५२ जना पुराना संक्रमित रहेको र शनिबार मात्र बाँकेका २ जना थप भएका छन् । यीमध्ये ३ सय २ जना संक्रमणमुक्त भएको र कोरोना संक्रमणको कारण २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ५३ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको