पशुपतिमा आर्यघाट गंगामाई रथयात्रा « Khabarhub

पशुपतिमा आर्यघाट गंगामाई रथयात्रा


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गरिएको छ ।

विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।

यस वर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिएको छ ।

यसका लागि आज बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको हो । शनिबार साँझ गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाएका थिए ।

विगत वर्षमा भने गङ्गामाईलाई रथारोहण गराई हजारौँ मानिसले पशुपति क्षेत्रमा रथयात्रा गराउँथे ।

यस वर्ष कोभिड–१९ महामारीका कारण भीडभाड गर्नु नहुने भएकाले गुरुज्यूको पल्टन भनिने शार्दुलजङ्ग गुल्म पनि सहभागी भएको थिएन ।

पशुपति गुठी गोश्वारा कार्यालयले आर्यघाट गङ्गामाईको रथयात्रा चलाउने गरेको छ । यात्राका क्रममा मार्गमा स्यावजी छर्ने, फूलमाला वर्षाउने, दक्षिणा चढाउने, यात्रा मार्गमा सम्यवजी वितरण गर्ने लगायत काम गरिन्छ ।

गङ्गामाईको रथयात्रापछि प्रसाद वितरण गरिन्छ । रथयात्राको पूजा आराधना एवं दर्शन गरेमा रोग नलाग्ने, मानिस स्वस्थ हुने भन्ने जनविश्वास छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : १३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको