बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी « Khabarhub

बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि गुटगत बेला बढ्न थालेका छन् ।

सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठक अझै अनिश्चित भएपछि त्यसबारे खुमलटारमा पुगेर नेताहरुले रणनीति बनाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहानैबाट विभिन्न चरणमा भेट र छलफल चलेका छन् । प्रचण्डलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

खुलमटारमा प्रचण्डसँगको छलफलमा सहमतिका साथ अघि बढ्न सम्भावना नरहे बहुमतका आधारमा अघि बढ्ने गरी बैठकमा प्रस्तुत हुन नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् । सोही अनुसार अघि बढ्न प्रचण्ड पनि सहमत भएको भेटमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘सहमतिको अन्तिम प्रयास जारी छ । सकेसम्म आज पनि दुई अध्यक्षले छलफल गरेर सहमति खोज्ने प्रयास हुनेछ भएन भने बहुमतका आधारमा अघि बढ्नुको विकल्प छैन । सँधै पार्टीमा यो अवस्था हुनुहुँदैन ।’

प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल चलिरहँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो समूहका नेताहरुसँग परामर्श गरिरहेको बुझिएको छ ।

बालुवारमा हुने छलफलमा भने पार्टीलाई जसरी पनि महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार पार्ने काम जारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : ०५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका