काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, स्टार अस्पताल ललितपुरमा गरेको परीक्षणमा काठमाडौंका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कुल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको छ ।

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। सोमबार कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते