विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह « Khabarhub

विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध अनुरोध गरिएको छ ।

साथै, न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन भनिएको छ ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ ।

“लोकतान्त्रिक विधि र पद्धतिमा राज्यका हरेक पेसा र व्यवसायको न्यूनतम आचारसंहिता हुने र सार्वजनिक निकायको जवाफदेहितासरहको महत्व त्यस प्रकारका पेशागत आचारसंहिता पालनाको समेत रहने गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासका माध्यमबाट स्थापित गरिएको विदितै छ ।”

सर्वोच्चले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ०६ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका