प्रहरीको गोली लागेर दुई अश्वेतको मृत्यु भएपछि अमेरिकामा प्रदर्शन चर्कियो « Khabarhub

प्रहरीको गोली लागेर दुई अश्वेतको मृत्यु भएपछि अमेरिकामा प्रदर्शन चर्कियो


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — अमेरिकामा प्रहरीको गोली लागेर दुई जना अश्वेत व्यक्तिको मृत्यु भएपछि प्रदर्शन चर्किएको छ ।

एक जना अश्वेतलाई गोली प्रहार गरेको विरोधमा सुरू भएका प्रदर्शनका क्रममा विस्कन्सिन राज्यमा प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु भएपछि त्यहाँ प्रदर्शन चर्किएको हो ।

प्रहरीको गोली लागी ज्याकोब ब्लेक नामका व्यक्ति गम्भीर घाइते भएको विरोधमा विस्कन्सिनको केनोसामा प्रदर्शन गरिएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई कैयौं पटक गोली प्रहार गरिएको देखिएको थियो । गोली प्रहारका कारण उनमा पक्षघात भएको जनाइएको छ ।

ब्लेकलाई गोली हानिएपछि जारी प्रदर्शन हिंसात्मक भएपछि लगाइएको कर्फ्यूको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

प्रहरीको गोली लागी एक जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक पेट्रोल स्टेसनमा तैनाथ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडपहरू भएका छन् ।

तस्वीर : एएफपी

विस्कन्सिनका गभर्नर टोनी एभर्सले जारी प्रदर्शन रोक्न थप फौज परिचालन गरिएको जनाएका छन् । उनले स्थानीय प्रहरीलाई सहयोग गर्न नेसनल गार्डलाई बोलाइएको बताए । घटनापछि विस्कन्सिनमा आपत्काल घोषणा गरिएको छ ।

ओरिगनको पोर्टल्यान्ड तथा मिनिसाटाको मिनियापोलिससमेत प्रदर्शहरू सुरू भएका छन् ।

मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोइयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन चर्केको थियो । त्यही प्रदर्शन मत्थर नहुँदै त्यहाँ फेरि अर्को प्रदर्शन सुरू भएको छ ।

यी प्रदर्शनहरू जातीय हिंसामा परिणत हुँदै जाँदा आउदो राष्ट्रपतीय निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अप्ठ्यारो पार्ने कारकसमेत बन्न सक्ने विश्लेषणहरू हुन थालेका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ३७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार