सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद जमैकाको तेस्रो हार « Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद जमैकाको तेस्रो हार


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाको सनसनीपूर्ण प्रदर्शन गरेपनि जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार बेहोरेको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा बिहीबार सम्पन्न खेलमा जमैका ब्याटिङमा चुक्दा पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।

सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो । केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन ।

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रदर्शन जारी छ । उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे ।

सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक सहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ७ : ३९ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर