सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद जमैकाको तेस्रो हार | Khabarhub Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद जमैकाको तेस्रो हार


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाको सनसनीपूर्ण प्रदर्शन गरेपनि जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार बेहोरेको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा बिहीबार सम्पन्न खेलमा जमैका ब्याटिङमा चुक्दा पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।

सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो । केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन ।

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रदर्शन जारी छ । उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे ।

सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक सहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ३९ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार