मोरङ – जिल्ला कारागार मोरङमा मृत्यु भएका कैदी निराजन यादबको मृत्यु कोरोनाले नभएको पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय यादबको मृत्यु भएपछि कोरोनाको आशंकामा गरिएको स्वाब परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ आएका कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए ।
कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचारको प्रक्रिया सुरु गर्दा यादबको बुधबार सवा ४ बजे मृत्यु भएको थियो ।
प्रतिक्रिया