बेपत्ता भनिएका युवक जव सय किमी हिँडेर विश्वकै लामो पुल हेर्न पुगे… « Khabarhub

बेपत्ता भनिएका युवक जव सय किमी हिँडेर विश्वकै लामो पुल हेर्न पुगे…


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर ।

हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के ।

१७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको पाँच दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे ।

यद्यपि, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ गएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ पुगेका थिए ।

बुर्तिवाङको सून पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ ।

‘घाटीमा लगाएको दुइ वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो’, रेग्मीले भने, ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकनसमेत गरेका रहेछन् ।’

कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्पर्कमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् ।

घरबाट घुम्न भनेर निस्केका चारै जना सम्पर्क बिहिन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर बिकले बताए ।

‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्‍यो कि भनेर डराएका पनि थियौं,’ बिकले भने, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।’ सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा रु तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए ।

सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए । – रासस

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ९ : २० बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६