धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोगबाट बच्नुहोस् « Khabarhub

धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोगबाट बच्नुहोस्


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता भन्दा बढि निदाउने गर्दछन् ।

अहिले अधिकाशं मानिस राति अबेरसम्म ननिदाउने र बिहान अबेरसम्म वा दिउँसो पनि सुत्ने गर्दछन् । तर यसरी दिउँसो वा आवश्यकताभन्दा बढि सुत्दा मानिसको स्वास्थ्यमा यसले गम्भिर असर पार्ने गर्दछ ।

८ घण्टाभन्दा बढि सुत्दा शरीरमा आलस्यता हुने, मष्तिक बोधो हुने र मानिसमा जागँर मर्ने गर्दछ । यस अलावा देखिने स्वास्थ्य समस्या निम्न छन् ।

– दिउँसो सुत्ने मानिसको पाचनतन्त्रमा गडबडी हुने संभावना उच्च रहन्छ ।
– आवश्यकताभन्दा बढि निदाउने मानिसलाई खाएको नपच्ने हुन्छ ।
– बढि सुत्ने मानिसहरुमा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्छ ।
– धेरै सुत्ने मानिसमा मोटोपना बढ्नुको साथै मधुमेहको संभावना उच्च रहन्छ ।
– खानापछि एकछिन आराम त ठिकै हो तर निदाउँदा पेटसम्बन्धी रोग लाग्ने गर्दछ ।
– दिउँसो सुत्ने मानिसमा ज्वरो, गलासम्बन्धी रोग लाग्ने संभावना उच्च रहन्छ ।
– आवश्यकताभन्दा बढि सुत्नेहरुमा स्मरण शक्ति कमजोर, शरीर फुल्ने समस्या हुनसक्छ ।
– पढ्ने विद्यार्थीले लगातार सुत्नु हुदैन । तर लगातार २ घण्टाभन्दा बढि पढ्नु पनि हुदैन ।
– वृद्ध वा बालबालिकाहरु आवश्यकता अनुसार बढि समयसम्म निदाउदा असर पर्दैन ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १० : ०८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस