कोरोनाले गर्भवतीसहित पर्सा, रूपन्देही, कास्की र ललितपुरमा थप ४ जनाको मृत्यु « Khabarhub

कोरोनाले गर्भवतीसहित पर्सा, रूपन्देही, कास्की र ललितपुरमा थप ४ जनाको मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपालमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

एक गर्भवतीसहित पर्सामा २ जना तथा रूपन्देही, कास्की र ललितपुरमा एक/एक जना गरी गएराराति र आज विहान थप ४ जनाको मृत्यु भएको हो ।

वीरगञ्जस्थित नारायण अस्पतालमा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको छ ।

भदौ ८ मा नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा बुधबार साँझ ६:२२ मा मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यस्तै भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी २३ वर्षीया महिलाको पनि उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए । मृतक महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा-११ कि ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको पनि बुधबार राति मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

पाटन अस्पतालमा पनि आज बिहान ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ४२ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।