अमिताभ बच्चनले केबीसीको सेटबाट शेयर गरे यस्ता तस्वीर « Khabarhub

अमिताभ बच्चनले केबीसीको सेटबाट शेयर गरे यस्ता तस्वीर


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय कलाकार अमिताभ बच्चन हालै कोरोना भाइरसलाई जितेर काममा फर्केका छन् । कोरोना संक्रमण देखिएपछि उनलाई केही समय अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना जितेपछि अमिताभ पुनः काममा फर्केका छन् । अब उनी कौन बनेगा करोडपति को १२ औं संस्करणको छायांकन थालेका छन् ।

हालै अमिताभले आफ्नो ट्वीटर खाताबाट केही तस्वीर शेयर गरेका थिए । जुन तस्वीरमा उनी शूटिङका लागि तयार भएको देख्न सकिन्छ ।

अमिताभले पुनः कोरोनाको संक्रमण नहोस् भनेर निकै सावधानी अपनाएका छन् । यतिसम्म कि, सेटमा पनि पूरैले पीपीई लगाएका छन् । उनी केवल कम्युटर स्क्रिनमा मात्र विना मास्क देखिएका छन् ।

अमिताभ गत ११ जुलाईमा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि अस्पतालमा उपचार गराएर उनी घर फर्केका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : ०७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते