परम्परा तोड्दै राखेप उपाध्यक्षले पहिलो पटक जारी गरे विज्ञप्ति « Khabarhub

परम्परा तोड्दै राखेप उपाध्यक्षले पहिलो पटक जारी गरे विज्ञप्ति


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । बिहीबार राखेपका उपाध्यक्ष शिव कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ ।

राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि कुटपीट गर्नेलाई कारबाहीको माग गरिएको छ । यसअघि पनि एथ्लेटिक्स संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विज्ञप्ती जारी गर्दै दोषीमाथि कारबाहीको माग गरिसकेका छन् ।

पहिलो पटक उपाध्यक्षको विज्ञप्ति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षले विज्ञप्ति जारी गरेको यो नै पहिलो पटक हो । यसअघि राखेपको विज्ञप्ति सदस्य सचिव वा प्रवक्ताले जारी गर्ने परम्परा थियो ।

राखेपको विज्ञप्ति प्रचार शाखामार्फत् सार्वजनिक हुँदै आएको थियो । तर, पहिलो पटक उक्त परम्परालाई तोड्दै उपाध्यक्षले विज्ञप्ति जारी गरेका छन् ।

राखेपको उपाध्यक्ष कोइरालामार्फत जारी गरेको विज्ञप्तिको चलानी नम्बरसमेत उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : २६ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण