परम्परा तोड्दै राखेप उपाध्यक्षले पहिलो पटक जारी गरे विज्ञप्ति « Khabarhub

परम्परा तोड्दै राखेप उपाध्यक्षले पहिलो पटक जारी गरे विज्ञप्ति


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । बिहीबार राखेपका उपाध्यक्ष शिव कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ ।

राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि कुटपीट गर्नेलाई कारबाहीको माग गरिएको छ । यसअघि पनि एथ्लेटिक्स संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विज्ञप्ती जारी गर्दै दोषीमाथि कारबाहीको माग गरिसकेका छन् ।

पहिलो पटक उपाध्यक्षको विज्ञप्ति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षले विज्ञप्ति जारी गरेको यो नै पहिलो पटक हो । यसअघि राखेपको विज्ञप्ति सदस्य सचिव वा प्रवक्ताले जारी गर्ने परम्परा थियो ।

राखेपको विज्ञप्ति प्रचार शाखामार्फत् सार्वजनिक हुँदै आएको थियो । तर, पहिलो पटक उक्त परम्परालाई तोड्दै उपाध्यक्षले विज्ञप्ति जारी गरेका छन् ।

राखेपको उपाध्यक्ष कोइरालामार्फत जारी गरेको विज्ञप्तिको चलानी नम्बरसमेत उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले