थामियो नेप्से, चार अंकको गिरावट « Khabarhub

थामियो नेप्से, चार अंकको गिरावट


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ ।

लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर रु एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो ।

यस्तै, नेको इन्स्योरेन्स रु १२ करोड ४६ लाख ८९ हजार ५५६, हिवम् सिमेन्ट रु नौ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसि एशिया बैंक रु आठ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको रु छ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआरएन इन्प्रmास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ९.८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ५१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको