थामियो नेप्से, चार अंकको गिरावट « Khabarhub

थामियो नेप्से, चार अंकको गिरावट


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ ।

लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर रु एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो ।

यस्तै, नेको इन्स्योरेन्स रु १२ करोड ४६ लाख ८९ हजार ५५६, हिवम् सिमेन्ट रु नौ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसि एशिया बैंक रु आठ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको रु छ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआरएन इन्प्रmास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ९.८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ५१ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’