आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक थुनामा « Khabarhub

आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक थुनामा


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।

जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ ।

श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई समग्र जनउत्थान केन्द्रका मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन् । आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परे ।

आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए ।

घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन् । घरदेखि पीडितको माइत दुई किलोमिटरको दुरीमा छ ।

आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

“आपसी विवादका कारण भारतबाट आएको दोस्रो दिन नै श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ”, प्रहरी निरीक्षक केशरीले भने, “घाइतेका बुवाले आगो लगाएको भनेर किटानी जाहेरी दिए पनि शुरुमा घाइतेले आफै जलेको भनेर कुरा लुकाउन खोजेकी थिइन् तर घरपरिवार र गाउँलेको दबाबमा आरोपित श्रीमानलाई जोगाउन खोजेकी रहिछिन् ।”

घटना भएलगत्तै प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको प्रहरी निरीक्षक केशरीले जानकारी दिनुभयो । सो अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पु¥याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराज आएको घाइतेका ससुरा हरी सदाले बताए ।

खर्च अभावमा औषधी उपचार नै नगराइ घाइतेलाई घरमै राखेको अवस्थामा जानकारी पाएपछि घर नै पुगेर मनोविमर्श गरी लहानस्थित अस्पताल ल्याएको मनोविमर्शकर्ता रेणुले बताइन । लहान अस्पतालले पनि उपचारका लागि उपयुक्त स्थान काठमाडौँ वा धरान लैजान सुझाए पनि केन्द्रको आग्रहमा केही दिनका लागि प्राथमिक उपचार गर्न तयार भएको समग्र जनउत्थान केन्द्रका निर्देशक देवराज पोखरेलले बताए ।

केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरिरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ३० बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती