बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन « Khabarhub

बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरेको छ । उपमहानगरले ७ वटा खेल मैदानहरु विभिन्न वडाहरुले निर्माण र स्तरोन्नती गराइरहेको जानकारी दिएको छ ।

विभिन्न विद्यालय तथा औधोेगिक क्षेत्रमा गरि ७ वटा खेल मैदानको पहिचान उपमहानरले गरेको छ ।

बुटवलमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता मावि र लुम्बिनी वाणिज्य क्याम्पसको संयुक्त खेलमैदान, हात्ती सुँड पार्क बुटवल, नव दिलिप कवडहल उपल्लो माँझगाँउ, तल्लो देवीनगर सार्वजनिक खाली मैदान, प्रगतिनगर खेल मैदान प्रगतिनगर, एन्फा टेक्निकल सेन्टर देवीनगर, नहरपुर मावि खेलमैदान रहेका छन् ।

नगर खेलकुद विकास समितिले भाद्र २३, २४ र आश्विन ४, ५ गतेगरि चार दिनको समय लगाएर खेल मैदानको पहिचान गरेको हो ।

बुटवल उपमहानगरपालिका औद्योगिक, शैक्षिक क्षेत्रका रुपमा रहेको बताउँदै उपमहानगरले यसलाई खेलकुद हवका रुपमा समेत अगाडि बढाउने गरी काम गरेको बताइएको छ ।

उपमहानगरले अध्ययन गरेका खेल मैदानमा विभिन्न खाले भौतिक संरचनाहरुको निर्माण गर्दै अगाडि बढ्नु पर्ने बताएको छ । ती मैदानमहरु सम्बन्धित वडा कार्यालयहरुले निर्माण तथा मर्मत सम्भारको काम गरिरहेको बताइएको छ ।

उपमहानगरले युवाहरुको आकर्षण बढाउनका लागि पनि यो कार्यक्रम अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ०२ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा