बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’: ट्रम्प « Khabarhub

बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’: ट्रम्प


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत लेखे, “निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।”

ट्रम्पले आफ्नो दावीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन नै भने, “स्वाभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु । निर्वाचन बहसलाई हल्का रूपमा राख्न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु । बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ ।”

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ५२ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक