एसी मिलान र रोमाको खेल बराबरी « Khabarhub

एसी मिलान र रोमाको खेल बराबरी


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान र रोमाको खेल बराबरीमा टुंगिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरे पनि मिलानले जित हात पार्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो ।

तर, १४ औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा फर्काए ।

४७औं मिनेटमा एलेक्सिस सलिमाकेर्सले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।

७१औं मिनेटमा जोर्डन भेरेटोउटले पेनाल्टीमा गोल गर्दै रोमालाई फेरि बराबरीमा फर्काए ।

७९औं मिनेटमा इब्राहिमोविचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-२ को अवस्थामा पुर्‍याए ।

तर, खेलको ८४ औं मिनेटमा मार्श कुम्बुल्लाले गोल गर्दै रोमालाई हारबाट जोगाए ।

घरेलु मैदानमा बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा रहेको छ । बराबरीसँगै मिलानले ५ खेलमा १३ अंक जोडेको छ । रोमा ५ खेलमा ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी