युवाले पुर्‍याउँछन् पीडितको घरघरमै उपचार खर्च « Khabarhub

युवाले पुर्‍याउँछन् पीडितको घरघरमै उपचार खर्च


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुन् ।

लामो समयदेखि उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहेका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।

जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारोग पीडित हुन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकअवस्था कमजोर भएका उनलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ ।

जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत छन् । उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए ।

समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताए । जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौँ’ चापागाईँले भने, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छौँ ।’

समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहेका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताए । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : १७ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।