कलिलै उमेरमा किन फुल्छ कपाल ? « Khabarhub

कलिलै उमेरमा किन फुल्छ कपाल ?


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।

पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ ।

उमेर अगावै कपाल फुल्दा धेरैलाई हैरानी हुने गर्दछ । कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर बढ्दै जादा कपालको रंगमा ह्रास आउँदै जान्छ र कपालको सेतो हुन्छ । यो प्राकृतिक प्रक्रिया हो ।

सानै उमेरमा कपालको रंग अस्वभाविक ढंगले परिवर्तन हुनु चाहि कारणवश सानै उमेरमा मेलानिनको उत्पादनमा अवरोध आयो भनेर बुझ्नु पर्दछ । मुख्यतया सानै उमेरमा कपाल फुल्नुमा वंशानुगत कारण हुनसक्छ ।

यस अलावा निम्न कारक हुनसक्छ :
१. सानै उमेरमा कपाल फुल्नुमा पोषणको कमी हुन सक्छ ।
२. भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
३. शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
४. अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
५. रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
६. पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
७. मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
८. जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
९. मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।

उपचार
कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।

त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ३० बजे

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि