एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी « Khabarhub

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

जीवन र भाग्य रेखा जहाँ व्यक्तिको जीवन र उसको भाग्यका बारेमा जानकारी दिने गर्दछ । त्यहि विवाह रेखाले प्रेम प्रसंग र वैवाहिक जीवनका बारेमा थाहा पाउन सकिन्छ । विवाह रेखामा कैयौं कुराहरु उल्लेख हुने गर्दछ जस्तैः विवाह कहिले हुन्छ ? प्रेम विवाह हुन्छ कि मागी विवाह ? विवाहको योग कति छ आदी ।

कहाँ हुन्छ विवाह रेखा ?

हत्केलाको बुध पर्वत रहे नजिकै कान्छि औलाको मुनी पट्टि कोल्टे भागमा विवाह रेखा हुने गर्दछ । त्यहा भएका रेखाले विवाहका बारेमा जान्न सकिन्छ ।

यी हुन् विवाह रेखासंग जोडिएको विशेष कुरा :
१. विवाह रेखा लामो र सीधा र स्पष्ट भए वैवाहिक जीवन राम्रो मानिन्छ ।
२. विवाह रेखा हृदय रेखासंग बराबर चलेमा यसलाई महत्वपूर्ण मानीन्छ ।
३. एकभन्दा बढि विवाह रेखा बनेको भए धेरै प्रेम प्रसंग हुन सक्छ ।
४. विवाह रेखाबाट दुई शाखा निस्किएको भए यस प्रकारका व्यक्तिको विवाह टुट्न सक्छ ।
५. यदि विवाह रेखा नजिकै अन्य कुनै चिन्ह बनेको छ भने विवाहमा धोका हुनसक्छ ।
६. यदि विवाह रेखा झुकेको छ भने यो शुभ लक्षण मानिदैन ।
७. विवाह रेखा लामो र सूर्य पर्वतसम्म छ भने सम्पन्न र समृद्ध जीवन साथीको प्रतिक हो ।
८. विवाह रेखाबीचमा टूटेको छ भने विवाह टूट्ने संकेत मानिन्छ ।
९. विवाह रेखा माथी फर्किएको छ भने अविवाहित हुने वा विवाहमा समस्या आउन सक्छ ।
१०. विवाह रेखामा त्रिशूल चिन्ह छ भने पतिपत्नीबीच निकै प्रेम हुन्छ ।
११. विवाह रेखामा क्रस चिन्ह शुभ मानिदैन ।
१२. यदि विवाह रेखामा कोठी आएको छ भने समेत यसलाई शुभ संकेत मानिदैन ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ३४ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा