बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प « Khabarhub

बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जो बाइडनले राष्ट्रपतीय चुनाव जितेको प्रमाणीकरण भएमा ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पले बाइडनले जितेको इलेक्टरल कलेजले पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने बताएका हुन् ।

इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ।

यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु गर्न पनि सहमति जनाएका थिए।

उनको सहमतिसँगै अमेरिकी सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ।

बाइडनले त्यसको स्वागत गरिसकेका छन्। उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु