यी हुन् बाथ रोगका लक्षण र बच्ने उपाय « Khabarhub

यी हुन् बाथ रोगका लक्षण र बच्ने उपाय


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साधारणतयाः जाडो सुरू भएपछि जोर्नीको दुःखाई आम समस्याको रूपमा देखा पर्छ ।

बोलिचालिको भाषामा बाथ रोग भनिने यो समस्याले अंगमा हानी गर्न सक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्।

बाथ रोगमा सामान्यतयाः जोर्नी दुख्ने र सुनिने हुन्छ । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो।

गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए पनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।

यस्ता छन् लक्षण

-हातखुट्टाका जोर्नीहरू दुख्ने

-सुनिने तथा बिहानीपख अररो हुने

-ज्वरो आउने,

-आलस्य हुने,

-चाँडै थाक्ने तथा गल्ने

-छालामा निको नहुने घाउ आउने,

-आँखा रातो हुने तथा दुख्ने,

-फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,

-फोक्सोबाहिर पानी जम्ने यसका लक्षण हुन्।

यी हुन् बच्ने उपाय

-चिसोमा नजाने ।

-बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औंला सेक्ने ।

-चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने ।

-धुम्रपान तथा मद्यपान नगर्ने ।

-रातो मासु नखाने ।

-सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।

-शरीरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउने ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ३० बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे