चार महिनामा ४ खर्बको वस्तु आयात, निर्यात ४० अर्ब मात्र « Khabarhub

चार महिनामा ४ खर्बको वस्तु आयात, निर्यात ४० अर्ब मात्र

चियामात्रै साढे दुई अर्ब निर्यात


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको २०७७/०७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ४० अर्ब रुपैयाँको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिना र अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयातमा थोरै गिरावट देखिएको छ ।

चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको कार्तिक महिनासम्म ३६ अर्ब २७ करोडको वस्तु निर्यात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १० दशमलव ८१ प्रतिशतले बढी हो ।

तथ्याङ्क हेर्दा उच्च आयात देखिन्छ भने न्युन निर्यात देखिन्छ । गत आर्थिक वर्षको चार महिनामा ४ खर्ब १४ अर्ब को व्यापार भएको थिया भने सोही अवधिमा यस वर्ष कुल व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

यस अवधिमा ९ दशमलव ०२ प्रतिशतले गिरावट आएको छ ।

धेरै आयात भएका १० सामान

चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ३८ करोडको डिजेल आयात भएको छ । गत आर्थिक वर्ष यही अवधिमा भने २९ अर्ब २४ करोडको डिजेल आयात भएको देखिन्छ ।

त्यस्तै चार महिनामा मोवाइल टेलिफोन १४ अर्ब १५ करोड, एमएस विलेट १३ अर्ब ३४ करोड, भटमासको तेल कच्चा ११ अर्ब ६ करोड, तयारी कपडा १० अर्ब १० करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तैगरी ९ अर्ब ३८ करोड रुपैयाँको चामल आयात भएको छ । गत वर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात भएको थियो ।

एलपी ग्यास ८ अर्ब ३६ करोड, पेट्रोल ७ अर्ब ६७ करोड, मोटरसाइकल ७ अर्ब २७ करोड र एचआर सिट ७ अर्ब २१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

निर्यातको पहिलो नम्बरमा भटमासको तेल

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा निर्यात भएका वस्तुहरुमध्ये भटमासको तेल पहिलो नम्बरमा छ ।

तथ्याङ्कअनुसार पहिलो चार महिनामा १० अर्ब २६ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । गत आर्थिक वर्र्ष यही अवधिमा ११ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको थियो ।

उनी गलैँचा कार्पेट २ अर्ब ६० करोड, सेन्थेटिक यार्न २ अर्ब ५४ करोड रुपैयाँको निर्यात भएको छ ।

झण्डै पौने २ अर्बले बढ्यो चियाको निर्यात

त्यस्तै नेपालमा उत्पादन भएको चिया विश्वका विभिन्न देशहरुमा पुग्ने गर्छन् । चालु आर्थिक वर्षको चार महिनामा २ अर्ब ३३ करोड रुपैयाँको चिया विश्व बजारमा निर्यात भएको छ ।

गत आर्थिक वर्ष यही अवधिमा ५२ करोड रुपैयाँको चिया निर्यात भएको थियो । गत वर्ष र यसवर्षको चार महिनाको अवधिमा १ अर्ब ८१ करोड रुपैयाँबढीको निर्यात भएको हो ।

त्यसैगरी तयारी कपडा २ अर्ब ८ करोड, अलैची २ अर्ब ३ करोड, जमोठ कपडा १ अर्ब ६५ करोड फलफुलको जुस १ अर्ब ३३ करोड, जुटका बुनिएका कपडा १ अर्ब २७ करोड र अन्य कपडा (सुती, उनी, टेरी) १ अर्ब २ करोड रुपैयाँको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ११ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा