पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने « Khabarhub

पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताएका छन् ।

सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा नेता नेम्वाङले नेकपाका लागि एकताबाहेकको विकल्प नरहेकाले एकता प्रक्रिया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशानुसार सरकार र पार्टी अघि बढ्ने बताए ।

राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भएकाले नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पछिल्लो दुई सातामा जिल्लामा ११ कार्यक्रममा सहभागी भएका मन्त्री नेम्वाङले स्थानीयस्तरका विकासनिर्माणका कामलाई द्रुत र प्रभावकारी बनाउन विशेष जोड दिइने बताए।

उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित मुख्य सडक तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताए ।

उनले सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्र, फिदिमस्थित खेल मैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, सघन उपचार कक्ष र अक्सिजन प्लान्ट स्थापना कार्य द्रुत बनाउन निर्देशन दिइएको जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ०२ बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार