लागुऔषधसहित दुई पक्राउ « Khabarhub

लागुऔषधसहित दुई पक्राउ


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सुनवल–१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट नुफिन १४ एम्पुल, डाइजेपाम १४ एम्पुल, फेनारागन १४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

यसैगरी सुनवल–१२ भूमहीस्थित ग ५ प ७०८३ नम्बरको मोटरसाइकलका चालक सुनारलाई पनि शङ्का लागि जाँच गर्दा नुफिन ३०, डाइजापाम ३०, फेनारागन ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुनवलबाट आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रनाउ लामाले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ३४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब