विद्युत प्राधिकरणका इञ्जिनियर जैसवालविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

विद्युत प्राधिकरणका इञ्जिनियर जैसवालविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए।

अनुसन्धानको सिलसिलामा जैसवालले उक्त आयोजनाबाट विभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रसारण लाइनभित्र पर्ने रूख कटान गरी ढुवानी तथा घाटगद्दी गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहोदा र अधिकारको दुरूपयोग गरी घुस लिएको देखिन आएको अख्तियारको दाबी छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : १० बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा