विद्युत प्राधिकरणका इञ्जिनियर जैसवालविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका इञ्जिनियर जैसवालविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए।

अनुसन्धानको सिलसिलामा जैसवालले उक्त आयोजनाबाट विभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रसारण लाइनभित्र पर्ने रूख कटान गरी ढुवानी तथा घाटगद्दी गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहोदा र अधिकारको दुरूपयोग गरी घुस लिएको देखिन आएको अख्तियारको दाबी छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : १० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग