न्याय परिषद सदस्यमा श्रेष्ठ अनुमोदन « Khabarhub

न्याय परिषद सदस्यमा श्रेष्ठ अनुमोदन


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

समितिको शुक्रबार बसेको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन भएको सभापति लक्ष्मण लाल कर्णले बताए ।

सुनुवाइका क्रममा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै श्रेष्ठले न्याय परिषदमा कार्यपालिका हाबी हुन नहुने बताए । कार्यपालिका हाबी भएसम्म न्यायपालिका स्वतन्त्र नहुने उनको भनाइ छ । न्याय परिषद्को संरचना परिवर्तनमा उनले जोड दिए ।

संसदीय समितिले अनुमोदन गरेसँगै श्रेष्ठ चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ ।

न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाही गर्ने निकाय न्याय परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था रहेको छ ।

सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : २५ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको